दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

थप २ हजार २९७ जनामा संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

काठमाडौं – ​​​​​​​ पछिल्लो २४ घण्टामा थप २ हजार २९७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल १० हजार ९०४ जनाको परीक्षण गर्दा २ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ३ हजार १३० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५३ हजार ९४०  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ४६ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ८ हजार ७७२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ०५ बजे