दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कांग्रेसको आगामी महाधिवेशनमा नयाँ समिकरण बनाउने वारे तीन नेताको छलफल

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी बन्ने तयारी गरीरहेका तीन नेताहरूले सोमबार सयुक्त लञ्च बैठक गरेका छन् । कांग्रेस उपसभापति बिमलेन्द्र निधिको पहलमा उनकै निवास बानेश्वरमा महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमानबीच छलफल भएको हो ।  

देशभर कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारलाई खबरदारी गर्ने, सिन्धुपाल्चोक लगायत देशभरको आएको बाढी र पहिरोबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउने वारे छलफल भएको नेताहरुले बताएपनि आसन्न महाधिवेशनमै बैठक केन्द्रित भएको स्रोतले बताएको छ । निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : ३७ बजे