साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मोटरसाइकल तथा भैसी चोरी गरी लैजादै गरेको अवस्थामा २ जना पक्राउ

सुनसरी – कोशी गाउँपालिका-१ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा.९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही ठाउँ बस्ने ओम प्रकाश यादवलाई सोही गाउँपालिका-८ भण्टाबारीबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सुनसरी ईनरुवा नगरपालिका-९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैसी र पाडा चोरी गरी लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई सोही गाउँपालिका-६ सुकसेना नहरछेउबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल तथा भैसी चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट छुट्टाछुट्टै खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : ४५ बजे