साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि  वृद्धि आएसँगै प्रतितोला १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १२ : २० बजे