अन्तर्राष्ट्रिय योग दिवसमा राष्ट्रपति भण्डारीको शुभकामना, शरीरलाई स्वस्थ्य र फूर्तिलो बनाउन योग आवश्यक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको समयमा मानिसको शारीरिक र मानसिक सुस्वास्थयका लागि योगको सान्दर्भिकता अझ बढेको बताउनुभएको छ ।  राष्ट्रपति भण्डारीले अन्तराष्ट्रिय योग दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले महामारीले मानिसको भौतिक जीवन र शारीरिक स्वास्थय मात्र प्रभावित नभइ र चिन्ताजस्ता मानसिक समस्यासमेत देखा परेको उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ –‘योग एक शारीरिक‚ मानसिक एवं आध्यात्मिक अभ्यास हो । यो निश्चिनत नियम, विधि र प्रक्रियामा आधारित वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति समेत हो । स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्यााउँछ ।’  शरीरलाई स्वस्थ्य र फूर्तिलो बनाउने तथा मनलाई शान्त बनाउने उपायहरुमा योगाभ्यास उत्तम भएको बताउनुभयो । 

योगको नियमित अभ्यासबाट व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ हुनुका साथै तनावबाट मुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक उर्जा प्राप्त  हुनेर आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास भएको उहाँले बताउनुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ ,‘हाम्रा मठ मन्दिर, मूर्तिकला र चित्रकलामा समेत योगको प्रभाव छ । ढुङ्गेधारा, कुवा, इनार र राजकुलोका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरिएको देखिन्छ । यसैले, योगलाई  नेपाली पूरा विद्याको एउटा महत्त्वपूर्ण विधाको रूपमा मानिएको हो  । यस ऐतिहासिक पक्षकाकारण योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका  अध्येताहरूका लागि नेपाल विश्वकैमूल गन्तव्य बन्न सक्दछ ।’
राष्ट्रपतिले योग एवं तन्त्रसम्बद्ध ज्ञान अध्येताका लागि नेपाल विश्वकै मुल गन्तव्य बन्न सक्ने पनि विश्वास व्यक्त गर्नुभएको छ ।  

संयुक्त राष्ट्रसंघले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ४१ बजे