दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रचण्डसँग दीपक मनाङेको भेट

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गर्नु भएको छ ।

उहाँले प्रचण्डसँग भएको भेटघाटको तस्बिर सार्वजनिक गर्नु भएको हो । मनाङेले भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताउनुभएको छ । उहाँ गण्डकी प्रदेशमा प्रभावशाली मन्त्रालय मागिरहेको समाचार बाहिर आइरहेका छन् । मनाङे त्यसकै लविङका लागि प्रचण्डसँग भेट गरेको हुन सक्ने सम्भावना छ ।

मनाङले प्रचण्डलाई खुमलटारस्थित उहाँकै निवासमा भेट गर्नु भएको हो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ४४ बजे