दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जसपा विभाजनको कार्ययोजना बनाउन देउवा निवासमा छलफल

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठवन्धनका नेताहरुको बैठक बसेको छ । एमालेबाट माधवकुमार नेपालको समूहलाई फुटाउने, जनता समाजवादी पार्टी कब्जा गर्ने र सर्वोच्च अदालतको मुद्दालाई प्रभावित गर्ने विषयमा छलफल गर्न बैठक बसेको हो । 

स्रोत अनुसार बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा, नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का लगायतका नेताहरु सहभागी हुनुहुन्छ । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ सहभागी हुनुहुन्छ । उपेन्द्र यादवको समूहबाट उपेन्द्र सहित बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्छ ।

त्यसैगरी माधवकुमार नेपाल र भिम रावल पनि बैठकमा सहभागी हुनुहुन्छ । 

यो बैठकमा एमाले र जसपा विभाजनको कार्ययोजना बनाउने विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा पुनस्थापनाको मुद्दा जित्न अपनाइने विभिन्न रणनीति सम्बन्धमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : २५ बजे