काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ ।
कोभिड–१९ संक्रमण रोकथामका लागि आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप्दै असार १४ गते मध्यरातसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताउनुभयो।
यस्तो छ आदेश
प्रकाशित मिति : ६ असार २०७८, आइतबार ६ : १५ बजे
प्रतिक्रिया