दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

थप २ हजार ४४२ जनामा संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

काठमाडौं – ​​​​​​​ पछिल्लो २४ घण्टामा थप २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १०,९५६ जनाको परीक्षण गर्दा २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ३ हजार ४५६ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५५ हजार ५३२  रहेको छ  ।

आज काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ५१ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ८ हजार ७२६ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ४१ बजे