दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पुर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार, स्वकीय सचिवसँग भिडियोमा कुरा गरे

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाललाई दिइएको अक्सिजन सपोर्टसमेत आजबाट हटाइएको छ। स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएका खनाललार्ई असार २ गते थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको थियो । खनालको अहिले दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइराखेको छ। 

‘भर्खरै पूर्वप्रधानमन्त्री खनालज्यूसंँग प्रत्यक्ष फेस टु फेस भिडियोमा कुराकानी भयो। उहॉंको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ। ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ’, स्वकीय सचिव भट्टराईले भने, ‘अहिले अक्सिजन सपोर्ट पनि हटाइएको छ।’ 

भट्टराईका अनुसार स्वास्थ्यमा सुधार भए पनि उपचारका लागि अझै केही समय लाग्नेछ। 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ५२ बजे