दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राष्ट्रपतिले बाढी पहिरोबारे चासो राख्दा संविधानविद्को विरोध किन?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बढदो बिपत्त न्युनिकरणका लागि शुक्रबार सुरक्षानिकायका प्रमुखहरुसँग छलफल गर्नुभयो । गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, शशस्त्र प्रहरीका शैलेन्द्र खनाल लगायतका सरोकारवालाहरुसँग बाढीपहिरो न्युनिकरणका लागि के के गर्न सकिन्छ ? सुरक्षा निकायको तयारी र पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । 

मनसुन प्रारम्भ भएको शुरुवातमा नै बाढीपहिरोका कारण मुलुकका विभिन्न भु–भागमा ठुलो जनधनको क्षतिभयो । सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु क्षेत्रमा जनधनको क्षतिभयो र यो हुने क्रम अझै बढ्दै गइरहेको छ । राष्ट्रपति भण्डारीले यिनै प्राकृतिक प्रकोपबाट भएको क्षति र हाम्रो तयारीका बारेमा ज्ञिजासा राख्दा कथित संविधानविद्हरुले जथाभावि अभिब्यक्ति दिएको सुनियो ।

नेपालको संविधानले नेपाल राष्ट्र र नेपाली जनताको मुल अभिभावक गणतन्त्र नेपालको सम्मानित संस्था राष्ट्रपतिलाई तोकेको छ । राष्ट्रपतिलाई संविधानको रक्षक, राष्ट्रको अभिभावक पनि भन्ने अनि विपत्तिपर्दा कसरी उद्धार भइरहेको छ ? तयारी कस्तो छ भनेर राष्ट्रपतिले चासो लिदा यसो गर्न मिल्दैन भन्न मिल्छ ?

प्राकृतिक बिपत्तिबाट आफ्ना नागरिकलाई जोगाउन सरकारले गरेको तयारी बारे राष्ट्रपतिले चासो राख्नु नराम्रो होइन । राष्ट्रपतिले सुरक्षाकर्मीसँग छलफल गर्न हुदैन भनेर संविधानमा कहाँ लेखिएको छ ? राष्ट्रपति भण्डारीले यसबर्ष मात्रै होइन गतसाल पनि बाग्लुङ्ग, सिन्धुपाल्चोक क्षेत्रमा गएको बाढिपहिरोमा चिन्ता र चासो लिनुभएकै हो ।

अहिले स्वनामधन्य संविधानविद्हरुले राष्ट्रपतिले यतिचासो नदिनुभएको भए भन्ने गर्थे, राष्ट्रपतिले राष्ट्र र जनताको अभिभावकत्व निर्वाह गर्न चुक्नु भयो तर दायित्व बोध गर्दा तिनै संविधानविद् भन्छन् ‘कार्यकारी भुमिका निर्वाह गरेर संविधानको उल्लंघन गर्नुभयो ।’

राष्ट्रपतिले प्राकृतिक बिपत्तिबाट आफ्ना नागरिकलाई जोगाउन सरकारको तयारी के–कस्तो छ भन्ने जानकारी लिनु कार्यकारी कदम हो ? राष्ट्रपतिलाई संविधानको संरक्षक भनिएको छ, के त्यो किताबको मात्रै संरक्षक गर्नु भनिएको हो ? राष्ट्रपतिले केही बोल्नै नहुने देश र जनताका बारेमा चासो राख्नै नहुने हो भने मान्छे राष्ट्रपति बनाउन भएन । मुर्ति राख्न पर्यो । होइन, राष्ट्रपति राष्ट्रको अभिभावक हो भने उसले जनताको जीवन धनको सुरक्षाका वारेमा चासो, चिन्ता लिनु स्वभाविक हो । यसमा संविधानविद्को सात्तो जानु् पर्दैन ।
 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  २ : २५ बजे