साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बाख्रा गोठबाट बन्दुक बरामद

काठमाडौं – कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ लोहरौला बस्ने ३२ वर्षीय अस्लम मुसलमानको बाख्रा गोठबाट २ थान बाह्रबोर बन्दुक, बाह्रबोर बन्दुकमा लाग्ने ५ थान जंगि राउण्ड, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, करिब ३ सय ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र जनावरलाई पासो लगाउन प्रयोग गरिने ३ वटा जाल शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त ठाउँमा हातहतियार लुकाई राखिएको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उक्त गोठ तलासी गर्दा गोठको छानोमुनी बोरामा लुकाई राखेको उक्त हातहतियार बरामद गरेको हो ।

अस्लम मुसलमानको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १ : ३७ बजे