दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

स्वरोजगारका कुरा : खाडीमा नफलेको सुन आफ्नै खोरियाबारीमै पो रहेछ

मकवानपुर । मनहरी गाउँपालिका ३ भुन्द्रुङका ३९ वर्षीय माधव कुमार बर्तौला (धर्म) रोजगारीको सिलसिलामा लामो समयसम्म खाडी मुलुक  बसे तर खासै उपलब्धि नभएपछि गाउमानै केही गर्छु भन्ने उद्देश्यका साथ स्वदेश फर्किए ।

नेपाल फर्किएपछि  कुखुरा पालन व्यवसाय सुरु गरेका बर्तौलालाई सुरुमा व्यवसाय सुरु गर्नै आर्थिक अभाव भयो । आर्थिक अभावकै कारण सुरुमा सामान्य तरीकाले ४/५ सय जति ब्रोइलर कुखुरा पालन गर्न थाले ।  कतैबाट केही ऋण लिएर व्यवसायलाई ठुलो बनाउने सोँच बनाएपनि बर्तौलालाई त्यो समय भने जस्तो ऋण मिलेन । ऋणका लागि बर्तौला धेरै तिर दौडधुप गरे । कुनै बित्तय संस्थाले धितो लगायतका झन्झटिलो प्रक्रिया बताउँथे भने कतिपय वित्तीय संस्थाले चर्को ब्याजको कुरा गर्थे । ऋण काटेर पनि व्यवसाय बढाउने सोच बनाइरहेका बर्तौलाले त्यसै क्रममा यसै ठाउँमा रहेको नमुना कृषक बहुमुखी सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोष सँग समन्वय गरी सञ्चालन गरेको  युवा स्वरोजगार कार्यक्रम बारे  थाहा पाए । 

सुरुमा बर्तौलालाई ऋण पाइएला भन्ने आस नै थिएन । आफ्नो योजना सुनाएपछि उनले सजिलै स्वरोजगार कोषको  रु दुई लाख  ऋण  पाए । यही सानो ऋणबाट सुरु भएको बर्तौलाको   कुखुरा पालन  व्यवसाय अहिले फस्टाएको मात्र छैन यही व्यवस्या नै अहिले  उनको गतिलो आम्दानीको स्रोत बनिरहेको छ  । 

मेहनत र लगनशीलता भए नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका बर्तौला अहिले ९/१० हजारसम्म ब्रोइलर र लेयर्स कुखुरा पालन गरी अण्डा तथा मासुबाट मनग्य आम्दानी लिइरहेका छन् । सुरुमा सानो लगानी र त्यसबाट भएको सम्पुर्ण आम्दानीलाई व्यवसाय विस्तारमै लगानी गरेका बर्तौला अवशर पाए नेपाली युवाले आफ्नो सपना खाडीको मरुभूमिमा पसिना बगाएर समाप्त पार्नु नपर्ने रहेछ भन्ने बताउँछन् । 

आर्थिक अवस्था कमजोर भएर खाडी पसे त्यहाँ पनि केही कमाइ हुन नसकेपछि म त निराश भएको थिए । जति मेहनत गरेपनि पैसा बचाउन नसकेपछि बरु रुखोसुखो जे सुकै होस् गाउँमै केही गर्छु भनेर नेपाल फर्किए बर्तौलाले भने । नेपाल फर्किएपछि पनि रकम अभाव हुँदा काम गर्न नसकेर छटपटिएका दिनहरू अझै पनि बर्तौला सम्झिन्छिन् । स्वरोजगार कोषको ऋण नपाएको भए यत्तिखेर म अर्को कुनै देशमा पसिना बगाइरहेको हुन्थे होला बर्तौलाले भने । 

 सानो रकमबाट व्यवसाय सुरु गरेका बर्तौला यत्तिखेर  गाउँकै  नमुना कृषकमा दरिएका छन् । उनको कामको सिको अहिले गाउँका अरू धेरैले गरेका छन्  । बर्तौलाको कामबाट सिकेर अहिले धेर गाउँलेहरूले पनि कुखुरा पालन गरी रहेका छन् । कुखुराबाट कति आम्दानी हुन्छ भन्ने कुरा बजार भाउको आधारमा हुने उनी बताउँछन् । कुनै बेला वर्ड फलु र अन्य कारण कम नाफा हुने र अनुकूल वातावरण हुँदा १०/१५ लाख सम्म आम्दानी हुने गरेको बर्तौलाले बताउँछन् । कुखुरा पालनको आम्दानीबाट आफ्नो पारिवारिक आर्थिक अवस्था राम्रो हुँदै गएको बर्तौला बताउँछन् । एउटा खाडी मुलुकमा भासिएर निराश बनेको युवाले अहिले आफ्नै माटोमा परिवारसँग मिलेर आम्दानी गर्न पाएको छ  म खुसी छु बर्तौलाले भने । खाडीमा सुन फल्ला भन्ने लागेको थियो तर सुन त आफ्नै खोरियाबारीमै पो रहेछ बर्तौलाले भने ।  

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ११ : ४५ बजे