दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली काँग्रेसको सभापतिमा फेरि देउवा उठ्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफुफेरि सभापतिमा उठने बताएका छन् ।  काँग्रेसको  १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका पारित भएपछि  सभापति शेरबहादुर देउवाले चुनावी अभियान सुरु गरेका हुन । शनिबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा आफू निकटका केही नेताहरूलाई बोलाएर सभापति देउवाले आफू फेरि सभापतिमा भिड्न तयार रहेको र सहयोग गर्न आग्रह गरेका थिए ।

प्रदेशस्थित अगुवा नेताहरूसँग छलफल गर्ने र धारणा बुझ्‍ने अभियान सुरु गरेका देउवाले शनिबार प्रदेश एकका नेताहरूलाई बूढानीलकण्ठ बोलाएका थिए। छलफलमा सहमहामन्‍त्री सुनिल थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, सुजता परियार,रामकृष्ण भट्टराई, बाबुराम बस्‍नेत, डिला संग्रौलालगायत सहभागी थिए। छलफलमा उनले पार्टीलाई एकढिक्का र सुदृढ बनाउन फेरि एकपटक नेतृत्व लिनुपर्ने अवस्था आएको भन्दै देउवालाई तयार रहन सुझाब दिएका थिए।

महाधिवेशनको तालिका निश्चित भएपछि नेतृत्वका लागि चुनावी चहलपहल सुरु भएको छ। नेतृत्वका लागि आकांक्षी नेताहरूले आफू निकटहरूसँग परामर्श गरेर चुनावी रणनीति बनाउन थालेका छन्। सभापतिमा शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्‍त्री शशांक कोइराला, शेखर कोइराला कृष्ण सिटौलालगायतका नेताहरू आकांक्षीका रुपमा देखिएका छन्। 

काँग्रेसको विधानमा एकपटक सभापति भईसकेको व्यक्ति दोस्रोपटक पनि हुन सक्ने व्यवस्था छ ।
 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ३० बजे