‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

केही क्षेत्र खुकुलो गरेर निषेधाज्ञा १० दिन थप्ने तयारी 

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी भएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीसहित छलफलमा अघि बढाएका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार केही क्षेत्र खुला गरेर उपत्यकाभित्र निषेधाज्ञालाई निरन्तरता दिइने बताउनुभयो । तर निषेधाज्ञाको मोडालिटी फेरबदल हुन सक्ने उहाँको भनाइ थियो ।

जिल्ला प्रशासनहरुले संक्रमणको स्थिती हेरेर निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी गरेका छन् । असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ ।

नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भइरहेको छ  ।  कोरोना संक्रमण नबढ्ने गरेर अत्यावश्यक क्षेत्र खुलाउने र अर्थतन्त्रलाई चलायमान बनाउने बारे उपत्याकाका सीडीओको छलफल केन्द्रित भएको बुझिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ०० बजे