‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिंहदरवारस्थित निर्माणाधीन संसद भवनबाट खसेर एक युवकको मृत्यु

काठमाडौँ– सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवनबाट खसेर एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार निर्माणाधिन भवनबाट खसेर रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार शुक्रबार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेका थिए । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : ५७ बजे