‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप २ हजार ४४९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ४४९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ४१० जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७६ हजार ७५५ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

नेपालमा आज अपरान्हसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ जना रहेको छ ।  कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको  मृत्यु भएको छ भने हालसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १७ पुगेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ४९ बजे