साफ यू–१७ च्याम्पियनसिप आजदेखि

यस्तो छ नेकपा एमालेको कार्यविभाजन (सुचीसहित)

काठमाडौं । नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ ।

 आज बालुवाटारमा बसेको  महाधिवेशन आयोजक कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकेको छ ।  त्यस्तै विष्णु पौडेल संगठन विभाग प्रमुख हुनुभएको छ  । रामबहादुर थापा ‘बादल’ले  वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको जिम्मेवारी पाउनुभएको छ । 

बैठकले युवा संघको इन्चार्जमा महेश बस्नेत, अनेरास्ववियूको इन्चार्जको जिम्मेवारी खिमलाल भट्टराई, प्रेस चौतारीको इन्चार्जमा सूर्य थापा, मजदुर इन्चार्जको जिम्मेवारी विनोद श्रेष्ठलाई दिएको छ ।

यस्तो छ नेकपा एमालेको कार्यविभाजन :

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ४४ बजे