आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

थप २ हजार ७६८ जनामा संक्रमण पुष्टि, ४४ जनाको मृत्यु

काठमाडौं – ​​​​​​​ पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ७ हजार ५ सय ६९ पीसीआर र ५ हजार ४ सय ६८ एन्टिजेन गरि कुल १३ हजार ३७ जनाको परीक्षण गर्दा २ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ४ हजार २० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५९ हजार ६२४  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ४४ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ८ हजार ६४१  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : १० बजे