दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

पोखरा । गण्डकी प्रदेशसभाबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनु भएको छ । आज भएको मतदानमा नेपालीले ३१ मत प्राप्त गर्नुभयो भने विपक्षमा २७ मत प्राप्त भयो  । 

मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट नेपालील विश्वासको मत लिनुभएको हो । नेकपा एमालेले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिएन । 

नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेललाई नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

प्रदेश सभाको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : ३३ बजे