दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गण्डकीमा  सत्ताका लागि अप्राकृतिक गठबन्धन  बनेको हो , धेरै समय टिक्दैन : सांसद दवाडी 

गोरखा । एमालेका सांसद धनञ्जय दवाडीले गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठनका लागि अप्राकृतिक र अराजक गठबन्धन गरिएको बतानुहुँदै यो धेरै समय नटिक्के बताउनुभएको छ। 

शुक्रबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मागेको विश्वासको मतसम्बन्धी छलफलमा बोल्नुहुँदै सांसद दवाडीले सत्ता प्राप्तिका लागि यो बनेको गठबन्धन  अप्राकृतिक भएको बताउनुभयो । ‘माओवादी र कांग्रेसले एकअर्कालाई दस्तावेजका हिसाबले मित्रशक्ति मान्दैन। माओवादीले दस्तावेजका हिसाबले कांग्रेसलाई प्रमुख दुश्मन किटान गर्छ। तपाईंहरुले त्यसले कसरी स्वीकार गर्न सक्नुहुन्छ ? यो गठबन्धनमा संघीयतालाई खारेज गर्नुपर्छ भन्ने पनि छन्। अनि यो गठबन्धन अप्राकृतिक, अराजक, सत्ताका लागि मात्रै नभए केका लागि हुन्छ ? ’, यस्तो गठबनधन कसरी राजनीतिक हुनसक्छ दवाडीको प्रश्न थियो ।

सांसदहरु भत्ता खानका लागि मात्रै नभई मुलुकको जटिल समस्या समाधानका लागि भएको भन्दै सांसद दवाडीले गण्डकीमा विचार सिद्वान्त छोडेर कतिपय सांसदहरु मन्त्री बन्नका लागि मात्र हिडेको बताउनुभयो । 
‘सत्ताका लागि जे पनि ठीक भन्ने सन्देश बोक्नुभएको छ, यसले पद्धतिलाई वर्षौंसम्म प्रभाव पार्नेछ। आफ्ना निमित्त बनाउनुभएको गठबन्धनमा विचार, विधि, व्यवहारकै समस्याको जगमा बसेर उभिनुभएको सरकार धेरै लामो समय मैले कामना गरे पनि रहन सक्दैन उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  २ : ३५ बजे