दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

 निर्वाचन आयोग जाँदै उपेन्द्र–बाबुराम पक्ष ,आधिकारिकता दाबी गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ  । शुक्रबार दिउँसो २ बजे शीर्ष नेताहरुसहित आयोग जाने तयारी भएको नेताहरुले बताएका छन ् ।

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग जान लागेको हो । बिहीबार बसेको जसपा उपेन्द्र बाबुरामपक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आफुहरलाई आधिकारिक भएको भन्दै आयोगमा  दाबी पेश गर्ने निर्णय गरेको थियो ।
 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : २३ बजे