दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लेखा परीक्षण नगर्ने ४१ दललाई प्रतिदल ५० हजार जरिवाना (सूचीसहित)

काठमाडौं । ४१ वटा राजनीतिक दलले आयव्ययको लेखा परीक्षण प्रतिवेदन समयमै पेस नगरेको खुलेको छ ।

समयमै आयव्ययको लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने ४१ दललाई निर्वाचन आयोगले ५० हजार रुपैयाँका दरले जरिवाना तोकेको छ । आयोगले शुक्रबार सार्वजनिक सूचना निकालेर सो ३० दिनभित्र जरिबाना वापतको रकम बुझाउन निर्देशन दिएको छ ।

ती दलले ३० दिनभित्र ५० हजार रुपैयाँका दरले जरिवाना तिरे दल सम्बन्धी ऐन २०७३ को दफा ५४ को उपदफा १ खण्ड ख विपरीतको कामकारबाही  ६ महिनाभित्र सच्याउने आदेश दिइने आयोगले जनाएको छ ।

लगातार तीन वर्षसम्म पनि लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा दललाई गत वैशाख ७ मा सफाइसहितको स्पष्टिकरण दिन भनिएकोमा ५ दलले मात्र पेस गरेको सूचनामा उल्लेख छ । प्रतिवेदन नबुझाउने ४१ वटा दललाई पुन ७ दिनको समय दिँदा पनि अटेरी गरेकाले दल सम्बन्धी ऐन २०७३ को दफा ५४ अनुसार ५० हजार रुपैयाँका दरले जरिबाना तिराउने निर्णय भएको पनि सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : ०१ बजे