‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न छलफल

काठमाडौँ – सञ्चार क्षेत्रका विज्ञले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ विषयक अन्तरक्रियामा सञ्चार विज्ञ तथा सरोकारवालाले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका हुन् ।     

    काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ती मिडियाबाट आउने अडियो÷भिडियो सामग्रीमा पत्रकारिता भए÷नभएकोबारे बहस गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने  सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिलले छलफल शुरु गरेको जानकारी दिनुभयो ।

    पत्रकार भुवन केसीले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै सोसियल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नुपर्ने बताउनुभयो । अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले  सोसियल मिडियालाई जिम्मेवारीबोध गराउनुपर्ने बताउनुभयो । 

    अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा  आउने अडियो÷भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गर्नुभयो । 

रासस

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ०१ बजे