यस्तो छ आजको विनिमय दर

थप २ हजार ६०७ जनामा संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

काठमाडौं – ​​​​​​​ पछिल्लो २४ घण्टामा थप २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ७ हजार ७ सय ११ पीसीआर र ४ हजार ७ सय ७३ एन्टिजेन गरि कुल १२ हजार ४८४ जनाको परीक्षण गर्दा २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  २ हजार १४१ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ६१ हजार ७२५  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ३९ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ८ हजार ५९७  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : ०६ बजे