दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशन : सरकारको कूप्रचारविरुद्ध उत्रनुहोस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको बताउनुहुँदै त्यसको प्रतिवादमा उत्रिनुपर्ने बताउनुभयो ।  विरोधीहरु आक्रामक ढंगले प्रस्तुत भइरहेका छन् सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीको खण्डन गर्न प्रधानमन्त्रीको भनाई थियो ।    प्रधानमन्त्रीले हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध गर्नुभयो । 

सरकारको विरोध गर्दागर्दै लामो समय कटाएको भएपनि केहीले सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको भन्दै प्रधानमन्त्रीले संसारको कुनैपनि देशमा अदालतबाट सरकार नबनेको बताउनुभयो । प्रधानमन्त्रीले अघिल्ला वर्ष झैं तराईका जिल्लामा यस वर्ष डुबान नहुने बताउनुभयो  । ‘जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरूमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो’, प्रधानमन्त्रीको भनाई थियो ।  सिमावर्ती क्षेत्रका बाँधबाट हुने डुबानबाट बच्न पनि संयुक्त टोलीसँग मिलेर कार्य गरी डुवान हुन नदिन चनाखो हुनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ४ : २० बजे