साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भरुवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

ताप्लेजुङ – भरुवा बन्दुक प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका-२ जिदिमा बस्ने २८ वर्षीय प्रताप लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रतापले भरुवा बन्दुक प्रहार गर्दा छिमेकी ५० वर्षीय खडक बहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, ईलाका प्रहरी कार्यालय दोभान र प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरीले प्रतापलाई भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : ५४ बजे