मेलम्ची खानेपानी आयोजनाका ८ मजदुर अझै सम्पर्कविहीन

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदीमा आएको बाढीले आयोजनासँग सम्वन्धित मजदुर हराइरहेको बताएको छ । ३ जना चिनियाँ, ३ जना भारतीय र २ जना नेपाली कामदारहरु सम्पर्कविहिन रहेको आयोजनाले जनाएको थियो । उनीहरुको खोजी जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । बाढीबाट मेलम्ची नगरपालिकाका ६०० जना र हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीयवासी प्रभावित भएको प्रशासनको आंकलन छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  १० : ४२ बजे