दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । २ बजे पार्टी कार्यालय सानेपामा डाकिएको बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन् ।

यस अघिको बैठकले भदौ १६ देखि अधिवेशन गर्ने गरी प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा अन्तिम निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने जनाएको छ । 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ०३ बजे