सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बागमती प्रदेशसभा कार्यपरामर्श समितिको बैठक साउन ५ मा बस्ने

मकवानपुर। बागमती प्रदेशसभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठक यही साउन ५ गते बस्ने भएको छ ।

प्रदेशसभाको साउन ६ गतेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनुहुने भएकाले सो प्रक्रियाका विषयमा कार्यसूची तयार गर्न साउन ५ गते कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठक यही साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने भएकाले बैठकमा उपस्थित हुन प्रदेशसभा सदस्यहरुलाई सूचना प्रवाह गरिरहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताउनुभयो ।

प्रदेशसभाको गत असार १४ गते बसेको बैठकले दुई वटा अर्थ सम्बन्धी विधेयक पारित गरी सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो । 
 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : १३ बजे