‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘छक्कापञ्जा ५’ को छायांकन सकियो, दीपक भन्छन्- काम उत्साहजनक

काठमाडौं । यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन बुधबार सकिएको छ ।

काभ्रेको पनौती क्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचियो । छायांकन सेटबाट प्राप्त तस्वीरमा निर्देशक दीपाश्री निरौलालाई छायांकन टुंगिएपछि क्ल्याप बोर्ड समात्दै प्रसन्न भावमा देख्न सकिन्छ । काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म छायांकन चलेको थियो ।

यो फिल्ममा दीपकसहित केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका छ । फिल्मका अन्य कलाकार सार्वजनिक गरिएको छैन । सबै कलाकारलाई रिलिजकै क्रममा जानकारी दिने तयारीमा दीपक-दीपा छन् ।

‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन असोज २४ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ७ : ४६ बजे