‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उपप्रधानमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काग्रेंसको तर्फबाट नेतृत्व गर्दै सहभागी हुनुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले तीनवटा सुरक्षा निकायका प्रमुखसँग संयुक्तरुपमा भेट गर्नुभएको छ । 

सिंहदरबारस्थित मन्त्रालयलमा बुधबार भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी रहनुभएको थियो । 

भेटमा सुरक्षा निकायका प्रमुखहरुले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिँदै आ–आफ्ना संगठनहरुले गरिरहेको सुरक्षा सम्बन्धी काम कारबाही बारे अवगत गराउनुभएको थियो ।  त्यस अवशरमा उपप्रधानमन्त्री सिंहले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे समेत जानकारी लिनुभएको थियो । शहरी विकाशमन्त्रालयको कार्याभार सम्हाल्नुभएका सिंहलाई सुरक्षा निकायले भेट्नै पर्ने बाध्यता नरहेपनि कांग्रेसको तर्फबाट उपप्रधानमन्त्रीसहित नेतृत्व गर्नुभएकाले भेट्नु परेको बताइएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ५१ बजे