दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

देब्रे हात भाँच्चिएर उपचार गर्न जाँदा दाहिने हातमा प्लास्टर !

काठमाडौं । देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा प्लास्टर गरिएको तस्वीर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जिल्ला अस्पताल बझाङमा स्वास्थ्यकर्मीको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् ।

बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनिल दौल्याल आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडे ।

उहाको परिवारलाई हात भाँच्चिएको आशंका भएर  पट्टी बाँधेर घरेलु उपचार गरियो । भोलिपल्ट सोमबार बिहानै सुनीललाई उनका दाइ आदेश दौल्यालले जिल्ला अस्पताल सिमखेत पुर्‍याए ।

सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्‍याइएका उहाँको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए । सुनीललाई वार्डमा भर्ना हुन लगायो ।

केही बेरमा आएका नर्सहरूले हातमा प्लास्टर गर्नुपर्ने भनेर वार्डबाट बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सीमा बसेका थिए ।

प्लास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई कुरुवा बसेका दाइ आदेशको जिम्मा लगाए ।

तर, क्यान्टिनमा पुगेपछि भाइको हात हेर्दा त भाँच्चिएको हातमा नभई अर्को हातमा प्लास्टर गरिएको रहेछ । भाँच्चिएको हातमा नभई अर्को हातमा प्लास्टर भएपछि कुरुवा आदेशले भिडिओ बनाएर फेसबुकमा पोस्ट गरे ।

मंगलबार साँझ फेरि शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिस्चार्ज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया भएको हो ।

जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले  हाडजोर्नी विषेशज्ञ डा. खड्कासहितको टोलीले यस्तो कमजोरी गरेको बताउनुभयाे । ‘घटनाको बेला म अर्को अपरेसनमा व्यस्त थिए । पछि बुझ्दा अर्थो डाक्टरसहितको टोलीबाट यस्तो कमजोरी भएको रहेछ,’ उहाँले भन्नुभयाे, ‘कसरी यस्तो लापर्बाही भएको हो यस बारेमा थप बुझ्दै छौँ ।’ उाँले भविष्यमा यस्तो घटना नदोहोरियोस् भनी छानबिन गरिने बताउनुभयाे ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : १८ बजे