काठमाडौं । डेंगु सक्रमण भएपछि पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना हुनुभएको छ ।
ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो अस्पताल भर्ना हुनुभएको हाे ।
चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेको छ । उहाँलाई डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको अस्पताल स्रोतले जानकारी दियो ।
प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ५ : ५१ बजे
प्रतिक्रिया