दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

खोटाङको महुरेमा राँके मेलाको रौनक

खोटाङ  । खोटाङ जिल्लाको नुनथलास्थित महुरे डाँडामा राँके बजारको रौनक छाएको छ । रुपाकोट मझुवागढी दिक्तेल नगरपालिकाको वडा नं. १४ महुरेगढीमा प्रत्येक वर्षको साउन २ गते राँके बजार लाग्ने गर्दछ । रोपाई सकिनै लाग्दा लाग्ने यो बजारमा स्थानीय लोक भाका प्रस्तुत गर्ने गरिन्छ । ऐतिहासिक महुरेगढीमा लाग्ने यो मेलाको मुख्य विशेषतामा आँपको बजार भएको स्थानीय अगुवा नागरिक सुरेश किराँतीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ । 

राँके मेला भर्न खोटाङको बुइपा, राजापानी, विजयखर्क, दिक्तेल, नुनथला,अर्खौले, हलेसी,लामिडाँडा, खार्पा, कुभिन्डे आसपासका स्थानीयहरू भेला हुने गर्दछन् । 

मध्यपहाडी लोकमार्ग खोटाङखण्डमा पर्ने महुरे पर्यटकीय गन्तव्यसमेत  बन्दै गइरहेको छ । पर्यटन प्रवर्धनका लागि महुरेमा माछा आकारकाे पोखरीसमेत बनाइएको छ । पोखरीमा तस्बिर खिच्नेहरूको भिड लाग्ने गरेको छ । 

पूर्वको प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसी नजिकै रहेको महुरेलाई आसपासबाट सगरमाथाकोसमेत दृश्यावलोकन गर्न सकिने भएकाले यसको प्रवर्धनमा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।  

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : ४३ बजे