सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यी हुन् जिल्ला अधिवेशन गराउन नसक्ने एमालेका ‘असक्षम’ ११ इन्चार्ज

काठमाडौँ । नेकपा एमालेका ६६ जिल्लाका अधिवेशन निर्धारित समयसिमाभित्र सम्पन्न भएर नेतृत्व  हस्तान्तरण भइसकेको छ । तर, निर्धारित मिति जेठ मसान्तभित्र ११ जिल्लाका इन्चार्जहरूले अधिवेशन गराउन सकेनन् । 

यही असार २६ गते बसेको नेकपा एमालेको सचिवालय बैठकले त्यस्ता निर्वाचन गराउन नसक्ने ११ जिल्लालाई कारबाही स्वरूप जिल्ला कमिटीबाट सगठित कमिटीमा  रूपान्तरण गरेकाे छ । 

सुहाङ नेम्बाङको जिल्ला इलामको इन्चार्ज रहनु भएका पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अधिवेशन गराउन सक्नु भएन । पार्टी स्थायी कमिटी सदस्य डा‍. तुम्बाहाम्फे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत बन्नुभयो । 

यस्तै एमालेका सबै कमिटीको निर्वाचन गराउने जिम्मा पाउनु भएका एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले पनि आफ्नो गृहजिल्ला तेह्थुममा अधिवेशन गराउन सक्नु भएन । सो जिल्लाको इन्चार्ज टंक आङबुहाङ हुनुहुन्छ । 

यस्तै कोसी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्की इन्चार्ज रहनुभएको  मोरङ जिल्लामा पनि निर्वाचन हुन सकेन । मोरङ जिल्ला जनसम्पर्क समन्वयका संयोजक भानुभक्त ढकालको पनि अधिवेशन क्षेत्र रहेको जिल्ला हो । 

यस्तै एमालेका चल्ताफुर्ता नेता सुमनराज प्याकुरेल इन्चार्ज रहेको सिराहामा पनि समयमै अधिवेशन हुन सकेन । 

लिलानाथ श्रेष्ठ इन्चार्ज रहनुभएको धनुषा, दिवाकर देवकोटा इन्चार्ज रहेको सप्तरी र मनाङ जिल्लाका इन्चार्ज बालसिंह काउछामगरले पनि निर्धारित समयमा जिल्ला अधिवेशन गराउनु सक्नु भएन । यस्तै सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि आफू इन्चार्ज रहेको जिल्ला बझाङमा अधिवेशन गराउन सक्नुभएन । 

यस्तै डोल्पा जिल्ला इन्चार्ज प्रेमबहादुर सिंह, डोटी जिल्ला इन्चार्ज लिलाकुमारी भण्डारी र अछाम जिल्ला इन्चार्ज लालबहादुर थापाले पनि अधिवेशन गराउन असक्षम देखिनुभएको छ । एमालेले ११ जिल्लालाई कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । 

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : २५ बजे