सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनुहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने हुनुभएको छ ।

नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले  प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिन लाग्नुभएको जानकारी दिनुभयो । 

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट शपथग्रहण गर्नुभएको थियो ।  संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्रीले ६ गते सांसदबाट विश्वासको मत लिनुहुने र सोही दिन  देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम  छ । 

एमाले मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक सम्बोधन गर्न लाग्नुभएकाे जानकारी दिनुभयाे ।

‘यसपटक प्रधानमन्त्री भएपछि साउन ६ मा पहिलो पटक सम्बोधन गर्दै हुनुहन्छ,’ उहाँले भन्नुभयाे, ‘सरकारका प्रमुख प्राथमिकताका साथै समसामयिक राजनीतिक विषयमा उहाँले धारणा राख्ने कार्यक्रम तय भएको छ ।’

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : ११ बजे