जाजरकोट । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना घाइते भएका छन् ।
कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा गम्भीर घाइते दुई जनासहित ४ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि सुर्खेत लगेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार विष्णु थापाकी श्रीमती २९ वर्षीया कमला थापाको र दलसरी थापाको छोरी ४ वर्षीया हस्तिका थापाको अवस्था गम्भीर छ । ३५ वर्षीया दलसरी थापा र उनकी छोरी १७ वर्षीया निरमाया थापाको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
गए राति पहिरोले टहरा पुरे लगत्तै प्रहरी चौकी पैंकबाट पुगेका सुरक्षाकर्मी र स्थानीयले घाइतेको उद्धार गरेको वडाध्यक्ष डिल्लीबहादुर सिंह बताउनुभयो ।
प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार २ : ४० बजे
प्रतिक्रिया