‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीलाई बैंकरको आग्रह

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले मंगलबार बैकर्सहरुसँग छलफल गर्नुभएको छ ।    नेपाल बैंकर्स संघका पदाधिकारी र अर्थमन्त्री पौडेलसँगको भेटमा  बैकर्सहरुले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन् । 

भेटवार्तामा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्ष्यमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रूपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । 

संघका अध्यक्ष केसीले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जालगायत विषयमा अर्थमन्त्रीलाई जानकारी गराउनुभयो । 

बैकर्सहरूसँगको भेटमा उपप्रधान एवम् अर्थमन्त्री पौडेलले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ सबै अग्रसर हुनु पर्नेमा जोड दिनुभयो । उहाँले ‘वर्तमान अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा आम मानिस तथा उद्यमी, व्यवसायीमा घट्दै गएको आत्मविश्वासलाई उच्च बनाउँदै आर्थिक क्रियाकलापलाई बढाउने तर्फ सबै सरोकारवाला गम्भिर भएर लाग्नु पर्ने जोडदिनुभयो  । उहाँले भन्नुभयो ‘सरकार सबैको अभिभावक भएका कारण सबैको समस्यालाई आत्म साथ गर्दै समस्या समाधानका लागि अग्रसर रहेको छ ।’ बैंकका कर्मचारीमाथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

यस्तै, जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गइरहेको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : २१ बजे