‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कुकुर मारेको निहुँमा छोराले ढुंगा प्रहार गर्दा बाबुको मृत्यु 

रुपन्देही । पूर्वी नवलपरासीको कावासोती नगरपालिका– ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका अनुसार बुधबार बिहान सवा ११ बजे १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको ढुंगाले हानेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी बेद पौडेलका अनुसार  मृतक प्रेम बहादुरले  मादक पदार्थ सेवन गरेर कुकरलाई कुटपिट गर्दा कुकुरको मृत्यु भएको निहुँमा बाबुछोराको झगडा भएको थियो ।

कुकुरलाई कुटेको निहुँमा झगडा हुँदा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले छोरा निराजनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : ४० बजे