साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतमा चुनावी सभामा प्रतिबन्ध

नयाँ दिल्ली –  कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी ¥याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ ।

पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका यस अवस्थामा निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो ।

भारतका राज्यहरूमा यो वर्ष शृङ्गलावद्ध चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेदवारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ । 

देश सङ्क्रमणको कठोर मारमा परेका देखिएका बेला भइरहेका त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्रीको समेत चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : ४३ बजे