दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सङ्खुवासभामा पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

किमाथाङ्का ।  सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज बिहान खसेकाे पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले राससलाई जानकारी दिनुभयो । 

पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनुभयो । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो । 
 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १ : ४० बजे