‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सुनको मूल्य आकासिँदै, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मूल्य हो । 

यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो । 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ११ : १६ बजे