काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ ।
निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनु भएको हो ।
बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।
निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।
प्रकाशित मिति : ३१ असार २०८१, सोमबार ९ : १२ बजे
प्रतिक्रिया