दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ओली सरकारको पहिलो निर्णय: कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउने

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने पहिलो निर्णय गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्दै क्रिकेट रङ्गशालाबारे निर्णय गर्नुभएको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।

यस्तै सरकारले २०८२ साल असार मसान्तसम्म सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको छ । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ । बैठकले परिवर्ततित समयमा मन्त्रिपरिषद् र मन्त्रिपरिष्दका विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ ।

विपद्का घटनामा परेर १० दिनसम्म पनि फेला नपरेका व्यक्तिका परिवारलाई पनि मृतृक सरह नै राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिव (कामू)को जिम्मेवारी दिने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य रहने कानूनी व्यवस्था रहेको भए पनि अबको दोस्रो बैठकदेखि २४ घण्टापछि मात्रै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने निर्णय गरेको छ भने तत्कालिन भन्नैपर्ने निर्णय भए मात्रै तत्कालिन सार्वजनिक गर्ने निर्णय भएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ०० बजे