काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ताकपडा, औषधि र पानीको व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको हो ।
प्रकाशित मिति : २ असार २०७८, बुधबार ८ : ३९ बजे
प्रतिक्रिया