दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राप्रपाले नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने जनाएको छ । राप्रपाका सांमद धवलशमशेर जबराले  सोमबारको प्रतिनिधिसभा बैठककाे शून्य समयमा सो कुरा बताउनुभएको हो । 

उहाँले नयाँ सरकार गठन भएपछि देशमा केही आशा पलाएको उल्लेख गर्दै त्यसलाई निराशामा परिणत हुन नदिन पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न पनि नयाँ सरकार  सफल हुने विश्वास व्यक्त गर्नुभयो। सांसद जबराले सहकारीलगायतका पीडितहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ५५ बजे