‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । भन्सार छली गरेको सुन जस्तो देखिने पहेँलो धातु सहित भारतीय नागरिक ४१ वर्षीय दिपक जैरामदास घिन्डलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।   

एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ एरियामा जाँच गर्ने क्रममा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको सिक्री १ थान, बाला २ थान, मोबाइल ४ थान र ल्यापटप ४ थान सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ४ : ४४ बजे