दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

पदभार ग्रहण गर्न जाँदा प्रधानमन्त्री ओलीलाई मुख्य सचिवको टीका  र माला 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नु भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर उहाँले  पदभार ग्रहण गर्नु भएको हो । उहाँको स्वागतमा बटुकहरूले  स्वस्तीे मन्त्रोच्चारण गर्नु भएको थियो । निमित्त मुख्य सचिव लीलादेवी गड्तौलाले प्रधानमन्त्री ओलीलाई टीका र माला लगाएर स्वागत गर्नुभयो । 

योसँगै ओलीको सिंहदरबार यात्रा चौथो पटक हो । नेपाली कांग्रेस सहित साना दलको समर्थनमा प्रधानमन्त्री बन्नु भएका ओलीले आजै २२ सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्नुभएको छ  । 

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज उहाँलाई विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । 

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको शपथ लिएपछि लैनचौरस्थित शहीद स्मारक माल्यार्पण गर्नु भएको थियो । 

यस्तै प्रधानमन्त्री ओली लैनचौर,  र ललितपुर, च्यानलस्थित पार्टी कार्यालयमा पुगी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी र जननेता  भण्डारीको तस्बिरमा माल्यार्पण गर्नु भयो । एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो । 

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ४ : ३९ बजे