दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

सदाबहार मन्त्री शरदसिंह भण्डारी

काठमाडौँ । लोसपा नेता शरतसिंह  भण्डारीको  अनुहारले बताँउर्दैन उहाँ  मधेशवादी नेता हो। झट्ट हेर्दा उहाँको अनुहार पढ्ने सबैले निधारमा मधेश देख्दैनन् । तर उहाँले अहिले सम्म मधेशको ‘मधेशी’ राजनीतिबाटै उचाइमा जाने भ¥याङ चढ्नु भएको छ। राजनीतिमा उहाँले चाहरेका पार्टी गन्न निकै राम्रो हिसाब किताबमा दख्खल राख्नु पर्छ । 

पटक पटक मन्त्री बन्न पाउँदा कसलाई पो गर्व नहोला ? नयाँ सरकार गठन भएसँगै एक पटक होइन दुई पटक होइन सत्राैँ पटक सम्म मन्त्री बन्नु चान चुन कुरा होइन। कुनै सरकारी सेवामा प्रवेश  गरेको कर्मचारीको पनि २० वर्षमा पेन्सन पाक्छ। तर भण्डारीको १७ पटक मन्त्री बन्दा पनि पेन्सन पाक्ने लक्षण देखिँदैन। उहाँले चान्स पाउनु भयो भने अझै निकै पटक मन्त्री ग्रहण गर्नुहुने छ।  मन्त्रीमा पेन्सन पाक्ने  यस्ता नेतामा पर्नुहुन्छ भाग्यशाली शरदसिंह भण्डारी । 

२०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलो पटक विजयी हुनुभएका भण्डारी त्यसयता हरेक संसदीय निर्वाचनमा उम्मेदवार हुनु भएको छ।  । त्यस्तै बि.सं. २०५१ सालमा पार्टीले टिकट नदिँदा दल त्याग गरेर स्वतन्त्र निर्वाचन लडेको घटना छ । नेपाली काँग्रेसबाट राजनीति सुरु गर्नुभएका भण्डारी स्वतन्त्र हुँदै २०६२/६३ को आन्दोलनपछि मधेशकेन्द्रित राजनीतिमा लाग्नुभएको थियो । राजनीतिक जीवनमा ६ पटक निर्वाचित हुँदा तीन पटक मात्रै हार ब्यबहोर्नुभएको  थियो । राजनीतिको इतिहासमा जितका यस्ता घटना धेरै देख्न र सुन्न पाइएका छन् । 
पञ्चायत कालदेखि पटक–पटक मन्त्री बनिसक्नुभएका भण्डारी २०४५ सालमा मरिचमान सिंह श्रेष्ठको नेतृत्वमा पहिलो पटक सहायक मन्त्री र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा हुँदा सोह्रौँ पटकसम्म मन्त्री बनिसक्नुभएको छ । सत्ता परिवर्तन सँगै केपी ओली नेतृत्वको सरकारमा सत्राैँ पटकसम्म उहाँ अहिले श्रममन्त्री बन्नुभएको छ ।   

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : ०४ बजे